उम्मेद्धार बन्न नपाएका रोशी गाउँपालिकाका अध्यक्षले बुझाए राजीनामा — OSNepal

उम्मेद्धार बन्न नपाएका रोशी गाउँपालिकाका अध्यक्षले बुझाए राजीनामा

LC (KTM) May 06, 2022 0

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा उम्मेद्धारका आकाँक्षीहरुले चुनावमा उठ्न नपाए पछि पार्टी बाट राजिनामा दिने कि त स्वतन्त्र रुपमा बस्ने गर्दै आएका छन् । कतिपयले पार्टीको नीति बिपरीत बागी उम्मेद्धारका रुपमा समेत अघि बढेका छन् । यसैक्रममा रोशी गाउँपालिकाका अध्यक्षले पनि आफ्नो असन्तुष्टि राजिनामा गरेर प्रस्तुत गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष दलबहादुर डीबी लामाले राजीनामा दिएका हुन् । शुक्रबार उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलालाई उनले राजीनामा बुझाएका छन् । उनी गाउँपालिका अध्यक्षका आंकाक्षी थिए । तर उम्मेद्धारी दिन नपाए पछि लामाले पार्टीलाई पनि राजीनामा बुझाएका छन् । कुनै पार्टी प्रवेश नगरी स्वतन्त्र रहने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर