यसपालीको निर्वाचनमा गाउँ पस्दै राप्रपा, कुश्मामा देखियो चहलपहल — OSNepal

यसपालीको निर्वाचनमा गाउँ पस्दै राप्रपा, कुश्मामा देखियो चहलपहल

LC (KTM) May 07, 2022 0

पर्वत :

यतिबेला सबै राजनीतिक दलहरुलाई स्थानीय तहको चुनावको रौनकले छोएको छ । जति चुनावको मिति नजिकिदै जान्छ त्यति धेरै प्रचार प्रसारमा पार्टीहरु लागेका छन् । प्रमुख दलहरु एमाले, कांग्रेस, माओबादी तथा नेकपा एस चुनाव जित्ने दौडमा रहेका छन् । अन्य दलहरु पनि दौडमा छन् ।

तर जब राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हाले त्यसयता राप्रपामा पनि लहर देखिएको छ । राप्रपाको संगठन बिस्तार गुमनाम रहेको स्थानमा पनि यसपटक उम्मेद्धार उठेका छन् । बिस्तारै गाउँ तिर राप्रपा छिरेको प्रष्टै देखिन्छ ।

यस्तै स्थानीय तह मध्ये एक हो कुश्मा नगरपालिका । अझै भन्ने हो भने कुश्मा नगरपालिकाको वडा नम्बर ९ मा राप्रपाको खासै चहलपहल नै थिएन । यस पटक वडा नम्बर ९ को अध्यक्षमा ४१ बर्षिय युवा राजन लामिछाने उम्मेद्धार बनेका छन् । एक महिना अघि सम्म आफ्नो वडामा राप्रपाको चहलपहल नै नभएको स्वयम उनले बताएका छन् । २०५४ साल देखी २०६४ साल सम्म माओबादीमा रहेर काम गरेका राजन पछिल्लो समय राप्रपा भएका हुन् ।

अर्थशास्त्र लिएर ब्याचलर लेभल पास गरेका राजन रोजगारीको सिलसिलामा इपिएस पास गरेर दक्षिण कोरिया पुगे । उनले त्यहाँ साढे ४ बर्ष काम गरेपछि धर्म र बिकासका बारेमा राम्रो संग बुझ्ने अवसर पाए । उनले बैदिक सनातन हिन्दु राष्ट्रका बारेमा चासो राख्न थाले । उनले बेदमा बिज्ञान रहेको कुरा बिस्तारै मनन् गरे । त्यस्तै उनले बिदेश बस्दा बिदेशीहरुले बेदको अध्ययन गरेको र संस्कृत पढेको देख्दा अचम्म लाग्यो ।

उनले भने– हामी कुनै धर्मको बिरोधी होईन् तर हाम्रो हिन्दु धर्ममा धेरै कुरा रहेछ भन्ने थाहा पाँए । त्यसैले बिदेश बाट नेपाल आएपछि मैले राप्रपा रोजे । महिना दिन अघि सम्म राप्रपाको चहल पहल नभएको तर अहिले बिस्तारै युवा देखी बुढापाकाहरुले समेत राप्रपा सहि छ भन्ने गरेको आफुले बुझेको उनले बताए ।

अहिले उनका पछि सयौ युवाहरुको साथ रहेको बताए । राजन संगै अहिले वडा मा सरस्वती कुमारी शर्मा लामिछाने, रुपा दर्जी, प्रकाश लामिछाने, प्रताप लामिछाने उम्मेद्धारको रुपमा उठेका छन् । गाउँ घुम्ने क्रममा आफुलाई धेरैले राम्रो आश्वासन दिएको उनले बताए । साथै उनले आफुहरु उम्मेद्धार भएकै बेला मन्दिरमा गएर भ्रष्टाचार गर्दिन् भन्ने कसम खाएको भन्दै गाउँमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाईने बताए । उनले भ्रष्टाचार गर्नु आफ्नो आमाको खुन खाए सरह हो भन्ने पार्टीको बटमलाईन नै रहेको बताए ।

उनले आफ्नो अरु दलको जस्तो सपना बाँड्ने गरिको घोषणा पत्र नभए पनि समग्र वडाका समस्यालाई उचित र ब्यवस्थित ढंगले ब्यवस्थापन गर्ने बताए । उनले भने– बिदेशमा सरकारी कामकाजमा ५ मिनेट ढिलो भयो भने सेवाग्राही संग माफि माग्छन् तर मैले यहाँ मालपोत कार्यालयमा एक जना सेवाग्राही ५ दिन सम्म धाएको देखेको छु । म यति भन्छु स्थानीय तहले दिने सेवा प्रवाह एकदमै छिटो बनाउँछु । हामी शसन गर्न हैन सेवा गर्न आएको हो त्यहि अनुसार वडाबासीको सेवा गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर