कसैले प्रति खोप ४ डलरमा उपलब्ध गराउँन सक्छ भने सरकार १ करोड भन्दा बढी खोप खरिद गर्न तयार छ : मन्त्री त्रिपाठी — OSNepal

कसैले प्रति खोप ४ डलरमा उपलब्ध गराउँन सक्छ भने सरकार १ करोड भन्दा बढी खोप खरिद गर्न तयार छ : मन्त्री त्रिपाठी

LC (KTM) May 11, 2021 0

काठमाडौँ २८ बैशाख । कोरोना खोप सम्बन्धि सांसद तथा नेताहरुले दिएको अभिव्यक्तिप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अशन्तुष्टि जनाएका छन् । आज मंगलबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित भर्चुअल कार्यक्रममा मन्त्री त्रिपाठीले कोरोना खोप खरिद सम्बन्धी तथ्यहीन र आधारहीन कुरा गरेको भन्दै अशन्तुष्टि जनाएका हुन् ।

आत्मरिताका म नेताहरुलाई भन्न चाहान्छु बोल्नू त बोल्नू बुझेर मात्रै बोलनू । कुनै तथ्यांक, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं । अनर्गल, झूठा र आत्मरतिका लागि नबोल्नुहोस् । ु त्रिपाठीले भने । कार्यक्रममा मन्त्री त्रिपाठीले कोरोना खोपमा सरकारले कसैलाई पनि कमिसन नदिएको बताएका छन् । उनले भने,’नेपाल सरकारले राष्ट्र बैंक मार्फत कम्पनीलाई ८० प्रतिशत पठाएको हो । त्यस बाहेक अन्य कुनै खरिद गरेको छैन तर जुन ढंगले प्रचारप्रासर भयो त्यो गलत छ । सरकारले प्रति डोज खोपलाई ४ डलरमा खरिद गरेको छ ।’

यदि कसैंले ४ डलरमा खोप उपलब्ध गराउँन सक्छ भने सरकार १ करोड भन्दा बढी खोप खरिद गर्न तयार भएको भन्दै उनले बताए । ‘चुनौती त नभनौं तर म निवेदन गर्न चाहन्छु कि कसैले ४ डलर प्रति खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोडभन्दा बढी खोप खरिद गर्न चाहान्छ,’ उनले भने ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर