गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने — OSNepal

गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने

LC (KTM) May 07, 2022 0

हेटौंडा, २४ वैशाख-नेपाली कांग्रेस मकवानपुरले पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचारप्रसार गर्ने क्रियाशील सदस्य तथा कार्यकताहरूलाई कारबाही गर्ने भएको छ ।

शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीत र गठबन्धनको नीति विपरीत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका दिइएको छ ।

मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा गठबन्धन भएको र इन्द्रसरोबरमा नेकपा एकीकृत समाजवादीबाट बनेका उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको चौलागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर