कोरोनाबाट बाँके र बर्दियामा थप १५ जनाको मृ त्यु — OSNepal

कोरोनाबाट बाँके र बर्दियामा थप १५ जनाको मृ त्यु

LC (KTM) May 11, 2021 0

बाँके- कोरोना सङ्क्रमणका कारण बाँकेमा थप १५ जनाको मृ त्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार सोमबार दिउँसो ४.३० देखि आज बिहान ११ बजेसम्म मृ त्यु हुनेमा बर्दियाका आठ, बाँकेका पाँच, रुकुम पूर्वका एक र कन्चनपुरका एकजना गरी १५ जना रहेका छन् ।

मृ त्यु हुनेमा बर्दियाको बासगढी नगरपालिकाका तीन जना छन् । बाँसगढी नगरपालिका­९ का ७३ वर्षिय पुरुष, वडा नं ५ का ६० वर्षिय पुरुष र वडा नखुलेका ४२ वर्षिय महिला रहेका छन् । त्यस्तै बढैयाताल गाउँपालिका–३ का ७८ वर्षिया महिला र वडा नं १ का ८५ वर्षिय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै गुलरिया–६ का २१ वर्षिय पुरुष, बारबर्दिया–६ का ६३ वर्षीया महिला र ठाकुरबाबा­३ का ४५ वर्षका पुरुष गरी आज सबैभन्दा बढी बर्दियाका सङ्क्रमितको ज्यान गएको छ ।त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेका ६८ वर्षिय पुरुष, खजुरा गाउँपालिका–३ का ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ का ४५ वर्षीया महिला, होम आइसोलेसनमा बसिरहेका खजुरा गाउँपालिका–२ का ८८ वर्षिय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षिय पुरुषको पनि कोरानाका कारण निधन भएको छ ।

यसैगरी सिस्ने गाउँपालिका–३ रुकुम पुर्वका ५३ वर्षिय पुरुष र कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका­३ का ६१ वर्षिय पुरुषको समेत कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेजमा मृ त्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १५१ जना र बाँकेकै १९७ जनाले ज्या न गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर