विसंगति र विकृतिका लागि धर्मस्थलीवासीका आशाका किरण घनश्याम श्रेष्ठको अध्यक्षमा उम्मेदवारी — OSNepal

विसंगति र विकृतिका लागि धर्मस्थलीवासीका आशाका किरण घनश्याम श्रेष्ठको अध्यक्षमा उम्मेदवारी

LC (KTM) May 08, 2022 0

कबिता राय , काठमाडौं २५ वैशाख । समाजसेवी तथा विकासप्रेमी धर्मस्थलीका स्थानीय वासिन्दा घनश्याम श्रेष्ठ काठमाडौं तारकेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष पदका उम्मेदवार हुन् ।

चुनाव मुखैमा आउँदा घरदैलो कार्यक्रममा भोट माग्न व्यस्त हुँदा पनि अध्यक्षका उम्मेदवार श्रेष्ठ भने विकास निर्माणका कामलाई निरन्तरता दिईरहेका छन् ।

आफ्नो गाउँ टोल विकास गर्नको लागि अहोत्रास खटिने अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठको मुख्य योजना भनेको तारकेश्वर वासीलाई खानेपानीको सहज व्यवस्था गराउनु रहेको छ ।

राजनीतिमा लागेर पनि आफ्नो वडा विकास गर्नका लागि लागि पर्ने श्रेष्ठको उम्मेदवारी विकास, विसंगति, विकृति र विकास निमार्णको लागि रहेको छ । ओएस नेपालसँगको कुराकानीमा अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता भनेको खानेपानी भएको बताएका छन् ।

आफु पदमा नहुँदा पनि आफ्नो वडामा खोनपानी देखि लिएर ऐतिहासिक संस्कृति बोकेको धरोहर धर्मस्थली बजारको पुरानो नेवारी वस्तीको लागि ९६ लाखको योजनाको भएको खानेपानीको काम गर्दै आएका श्रेष्ठले त्यसको लागि ४ इन्चको पाइप राख्ने काम भइरहेको ओएस नेपाललाई बताएका छन् ।

आफु निर्वाचित भए आफ्नो पहिलो प्राथमिकता भनेको खानेपानी रहेको बताएका उनी धमर्थस्लीवासीका आशाका किरण हुन् ।

खानेपानी देखि अधुरा विकास निमार्णका काम गर्ने , प्रति जग्गामा भइरहेको अतिक्रमण रोकेर खेलकुद मैदान , पार्क बनाउने त्यस्ता जग्गाको संरक्षण गर्ने गर्ने उनको प्रतिवद्धता रहेको छ ।

तारकेश्वर नगरपालीकामा भइरहेको अव्यवस्थित प्लानिङ लाई समेत व्यवस्थित बनाउने योजना बनाएका श्रेष्ठको पक्षमा जनसागर नै उत्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर