अन्य उम्मेदवारको भन्दा फरक प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिएका रमेश खत्री को हुन् ? — OSNepal

अन्य उम्मेदवारको भन्दा फरक प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिएका रमेश खत्री को हुन् ?

LC (KTM) May 08, 2022 0

कबिता राय , काठमाडौं २६ वैशाख । जनताको काम समयमा नभएको भन्दै चुस्त दुरुस्त काम गर्नको लागि नेकपा एमालेबाट आफ्नो उम्मेदवारी दिएका टोखा नगरपालिका ८ का वडा अध्यक्ष रमेश खत्री अनुशासित , मिलनसार , विकास प्रेमी तथा समाजसेवामा अहोरात्र खटिने कुशल युवा नेता हुन् ।

२०६६ साल देखि राजनीतिमा निरन्तर लागि परेका रमेश खत्री टोखा ८ वासीका आश लाग्दा युवा नेता हुन् ।

विकास निमार्णको काममा अग्रपंक्तिमा खटिने उनले आफु निर्वाचित भएको ६ महिना भित्र आफ्नो वडालाई विकल्पसहित प्लाष्टिकको झोला मुक्त बनाउने प्रतिवद्धताका साथ आफुले उम्मेदवारी दिएको ओएस नेपालसँगको कुराकानीमा बताएका छन् ।

उनले टोखा नगरमै कौसी खेतीमा उत्कृष्ट आफ्नो वडा भएपछि पनि कांग्रेसको नेतृत्व सरकारले त्यसपछि कृषिमा बजेट नै नछुट्टाएको गुनासो समेत गरेका छन् ।

जेष्ठ नागरिकलाई डे कियर प्रवन्ध मिलाउने योजना बनाएका उनले विष्णुमती र वाग्मतीको करिडोरलाई हरियाली बनाउने आफ्नो योजना समेत रहेको ओएस नेपाललाई बताएका छन् ।

जोशिला युवा नेता रमेश खत्रीको उम्मेदवारी किन ?
-जनताको काम चुस्त दुरुस्त गर्न,
-आकाशबाट परेको पानी रिसाइकल गर्ने विषयमा जनतामा सुरुमा जनचेतना जगाउन,
-वडा ८ लाई प्लाष्टिक मुक्त क्षेत्र बनाउन,
-वडालाई हरियाली बनाउन,
-जेष्ठ नागरिकलाई थप स्याहार सुसार तथा सम्मानजनक बाच्न पाउने गरी डे केयिरको व्यवस्थापन गर्न ,
-महिलाको प्रजनन् सम्बन्धि निशुल्क परिक्षण गर्न ,
-सम्पन्न गर्न बाँकी ढल , सडक , खानेपानी तथा विकास निमार्ण कार्य पुरा गर्न ,
-सामुदायिक शिक्षालाई गुणस्तरिय , प्रतिपर्धी र सहज पहुँच बनाउन,

को हुन् रमेश खत्री ?

टोखा नगरपालिका ८ गैरीगाउँका स्थायी बसोबास भएका उनी एक व्यवसायी हुन् । काठमाडौ जन्म थलो भएपनि कहिल्यै घमण्ड नगर्ने अति मिनलसार , सबै वर्गका व्यक्तिसँग सजिलै घुलमिल हुन सक्ने उनमा एक नेतामा हुनुपर्ने अनुशासन , धैर्य र काम गर्ने दुर्रदरशीता रहेको छ ।

आफ्नै घरमा व्यवसाय गर्दै आएका उनी वडा ८ वासीका आँखामा राख्दा पनि नबिजाउने जोशिला युवा नेता हुन् ।

यस पटकको उनको उम्मेदवारीले वर्तमान वडा अध्यक्षको कामबाट रुष्ट रहेका जनतामा भने आशाको किरण पलाएको छ । उनको जित सुनिश्चित भएको भन्दै स्थानीय युवा देखि महिला दिदि बहिनीहरुको चुनाव प्रचार प्रसारमा बाक्लो सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर