मलाई राजनीति लाभ लिनु छैन , त्यसैले मेरो जित सुनिश्चित छ : वडा अध्यक्षका उम्मेदवार पुर्शोत्तम पौड्याल (ठाकुर) (भिडियोसहित) — OSNepal

मलाई राजनीति लाभ लिनु छैन , त्यसैले मेरो जित सुनिश्चित छ : वडा अध्यक्षका उम्मेदवार पुर्शोत्तम पौड्याल (ठाकुर) (भिडियोसहित)

LC (KTM) May 09, 2022 0

काठमाडौं २६ वैशाख । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुरको गोदावरी नगरपालीकामा पनि चुनावी माहोल छाएको छ । यस पटकको गोदावरी नगरपालिका-१३ झरुवारासी को वडा अध्यक्षमा भने एक कुशल व्यवसायी तथा गोदावरी नगरपालिका वासीका आश लाग्दा नेपाली कांग्रेसका युवा नेता पुर्शोत्तम पौड्याल (ठाकुर) उम्मेदवार बनेका छन् ।

युवाहरुको रोजाईमा परेका ठाकुरलाई स्थानीय वासीसहित विभिन्न संघ संस्थाको पनि सहयोग रहँदै आएको छ । वर्तमान नगर नेतृत्वको कामबाट जनगुनासो आएको आधारमा आफुलाई सबैले उम्मेदवार दिन भन्दै हौसलाको दिएको बताएका उनले वर्तमान नेतृत्व वान म्यान आर्मी भएकाले सबैको रोजाइ आफु परेको बताएका छन् । उनले सुशासन,समुन्नत,भ्रष्टाचारमुक्त वडा निर्माणको लागि आफ्नो उम्मेदवारी भएको ओएस नेपालसँगको कुराकानीमा बताएका छन् ।

स्थानियको दैनिकी आधारभूत आवश्यकतालाई कसरी सहजीकरण गरेर अगाडि बढ्न सकिन्छ भन्ने आफ्नो मुख्य एजेण्डा रहेको बताएका उनले ओएस नेपाललाई भनेका छन् ,’सार्वजनिक स्थानमा हरियाली पार्क निर्माण गर्ने, जग्गा संरक्षण गर्न तारबार गर्ने ,वडामा रहेकाले मन्दिर संरक्षण एवं प्रवर्द्धन गर्ने ,अधिकांश काम डिजिटल माध्यमबाट गर्न पहल गर्ने ,सामाजिक सुराक्षा भत्ता घर-घर गएर बाड्ने व्यवस्था मिलाउने लगायत रहेका छन् ।’

आफुलाई राजनीतिमा आएर पैसा कमाउनु आवश्यक नभएको बताएका उनले आफुले निर्वाचन जितेको खण्डमा आफुलाई प्राप्त हुने सेवा सुविधा नगरमा रहेका आर्थिक अवस्था कमजोर रहेका व्यक्ति र समुदायहरुलाई दिने प्रतिवद्धता समेत गरेका छन् ।

जेष्ठ नागरिकहरुको लागि प्रत्येक ३-३ महिनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने,सामुदायिक वन क्षेत्रलाई व्यवस्थित गर्दै आय आर्जनको श्रोत,खेती योग्य जमिनलाई सिँचाइको प्रबन्ध उनले अर्को प्रतिवद्धता गरेका छन् ।

राजनितीलाई सेवाको रुपमा हेरेका ठाकुरले आफ्नो तहगत संरचना बलियो र काम गर्ने भिजन भएकोले चुनाव जित्ने सुनिश्चित भएको दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर