स्याङजा -पहाडको बीच भागबाट कडा चट्टानलाई छिचोल्दै पानीको झरना छङ्छङ् झरिरहेको छ । छङ्छङ् आवाज निरन्तर सुनिने सोही झरनाका कारण यस ठाउँको नाम पनि छाङ्छाङ्दी रहन गएको स्थानीयवासीको भनाइ छ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका–४ स्थित छाङ्छाङ्दी क्षेत्र यतिखेर धार्मिक पर्यटकको आकर्षण गन्तव्यका रुपमा विकास हुँदै आएको छ । आफ्नै पिता दक्ष प्रजापतिले लगाएको यज्ञकुण्डमा छोरी सतीदेवीले हामफाली देहत्याग गरेपछि सतीदेवीको मायाले ओतप्रोत भगवान् महादेवले सतीदेवीको शरीरलाई काँधमा बोकी पृथ्वी भ्रमणका क्रममा निस्किनुभएको थियो । यसरी हिँडेका महादेवले सतीदेवीको शरीर कुहिएर अङ्ग अङ्ग नै झरेको पनि थाहा नपाएको र त्यसै क्रममा यही छाङ्छाङ्दी क्षेत्रमा पुगेपछि सतीदेवीको शरीरका बाँकी रहेका सम्पूर्ण अङ्गहरु पतन भएको कुरा श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।
यसरी पीडा, थकाइ र तिर्खाले व्याकुल बनेका महादेवले त्यसै ठाउँको चट्टाने पहाडमा त्रिशूल प्रहार गरेर जल उत्पन्न गराई आप्mनो तिर्खा मेटाएको र त्यही स्थानमा गौमुखे पनि निस्किएको अनि सोही गौमुखेको पानीबाट यो छाङ्छाङ्दी झरना बनेको किंवदन्ती पनि पाइन्छ । सिद्धार्थ राजमार्गको मुख्य प्रवेशद्वार रहेको यस धार्मिक क्षेत्रको महत्वलाई कायम राख्दै एक पटक पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिइएको श्री छायाँक्षेत्र ९शिव मन्दिर० सेवा समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
शिव मन्दिरको पछिल्तिर लगभग २० मिटरको उचाइबाट गाईको मुखजस्तै आकारबाट झरेको छाङ्छाङ्दी झरना ८० मिटर लम्वाइको भूमिगत ढल निर्माण गरेर उक्त पानीलाई दजुङ्खोलासम्म पु¥याइएको बताउँदै उहाँले त्यो पानी आँधीखोलामा पुगेर समाहित भएको जानकारी दिनुभयो । आँधीखोलालाई दृष्टिविहीन बुबा र आमाप्रति छोरा श्रवण कुमारले देखाएको श्रद्धा र योगदानको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।
उहाँका अनुसार सो शक्तिपीठमा भक्तजनले आप्mनो मनोकाङ्क्षासहित कार्य गर्दाको अघिल्लो दिन बेलुका आवश्यक सामग्रीको सङ्कल्प गर्दा भोलिपल्ट सम्पूर्ण सामान आपैmँ तयार हुने गरेको थप किंवदन्ती पनि रहेको छ । यसरी उत्पत्ति हुने सामग्री एकपटक एकजना भक्तजनले चोरेर लगेका र त्यसपछि भने सङ्कल्प गरेका सामान प्राप्त हुन छोडेको पनि स्थानीय बासिन्दाको जनजिब्रोमा अझै रहिआएको छ ।
मन्दिर परिसरमा गौमुखे धारा, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता, नवग्रहका मूर्ति, शिवजीको विशाल मूर्ति, राधाकृष्ण र गणेशको मन्दिर निर्माण गरिएको बताउँदै सचिव श्रेष्ठ धार्मिक क्षेत्रका शिलालाई गहिरिएर अध्ययन गर्दा गौथुनहरू, गणेशका मूर्ति, नाग, शिवका विभिन्न स्वरुप देख्न सकिने बताउनुहुन्छ ।
समितिका कोषाध्यक्ष सुवेदार रामकाजी श्रेष्ठका अनुसार मन्दिरमा पहिले पहिले गाईका बाच्छाबाच्छी चढाउने चलन भए पनि हाल भक्तजनले गरेको भाकलअनुसार परेवा चढाउने गरिन्छ । मन्दिरमा कुनै पनि किसीमको बली चढाउने प्रचलन भने छैन ।विभिन्न धार्मिक पर्वसँगै दैनिक जस्तै आउने पर्यटक एवं भक्तजनले गर्ने दान तथा भेटीबाट वार्षिक रु २० लाख भन्दाबढी आम्दानी हुने गरेको बताउँदै उहाँले साउन महिनाको प्रत्येक सोमवारसहित अन्य दिनमा गरी सन्ध्या आरतीले धार्मिक क्षेत्रको महत्व बढाएको छ ।
एक महिनाको अवधिमा भक्तजनले चढाएको भेटीबाट राम्रै आम्दानी हुने गरेको स्मरण गराउँदै कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो “पछिल्ला दुई वर्षको अवधिमा दर्शनार्थीको कमीका कारण खासै आम्दानी भएको छैन । पछिल्लो करिब डेढवर्ष त मुलुकमा कोरोना महामारीका कारण आन्तरिक पर्यटकको पनि चहल पहल देखिँदैन भने बन्दाबन्दीका क्रममा त मन्दिर पनि बन्द नै भएको थियो ।”
सो धार्मिक क्षेत्रमा विशेषगरी नयाँ वर्ष, साउने संक्रान्ति सहित सोही महिनाको प्रत्येक सोमवार १०८ पिपलका जलधारा, जीज भेला, कृष्ण जन्माष्टमी मेला, महाशिवरात्री, मातातीर्थ औँसी लगायतका विभिन्न पर्वमा भक्तजनको भीड लाग्ने गरेको बताउँदै सचिव श्रेष्ठले यहाँ विवाह, ब्रतवन्धलगायतका शुभकार्य समेत हुने गरेको जानकारी दिनुभयो । सो अवसरमा स्थानीय कृषि उत्पादन, घरेलु सामाग्रीको समेत बिक्री वितरण हुने गरेको छ ।
पोखरादेखि भौरहवा सिद्धार्थ राजमार्ग खण्डको सुगम स्थानमा अवस्थित सो क्षेत्रमा गाडी रोकेर यात्रुहरू उक्त शक्तिपीठको दर्शन गर्ने र चिया खाजा खाने एक किसीमको विसौनीजस्तो स्थानको रुपमा पनि पछिल्लो समयमा विकसित भएको छ । यसरी यो स्थान धार्मिक एवं मनोरम दृष्यावलोकन गर्ने स्थलका रुपमा विकास हुनुको साथै स्थानीय व्यापारीहरुलाई आयआर्जनका रुपमा पनि सहयोग पुग्ने गरेको स्थानीयको सामूहिक धारणा छ ।
एकसय आठ शिवलिङ्घ र गौमुखे जलधारा निर्माण हुँदै
छायाँ क्षेत्र शिव मन्दिर परिसरको पश्चिम मागमा एक सय आठ जलधारासहितका शिवलिङ्घ निर्माण गरिने भएको छ । आगन्तुक भक्तजन तथा पर्यटकको आकर्षण अभिवृद्धि गर्ने लक्ष्यका साथ छाङछाङदी झरनाको जलले स्नान गर्ने व्यवस्थाका साथ रु ६० लाखको लागतमा उक्त धारासहित शिवलिङ्ग निर्माण गर्न लागिएको हो ।
उक्त धार्मिक क्षेत्रको भौतिक निर्माणका लागि सञ्चालित महायज्ञबाट रु ६० लाख सङ्कलन भएको थियो भने जग्गा विस्तारका लागि ग्याविन भर्ने, पर्खाल निर्माण र सुविधा सम्पन्न शौचालय निर्माणका लागि नगरपालिका, भूसंरक्षण, सहरी विकास, निर्वाचन क्षेत्र पूर्वाधार विकासलगायत विभिन्न सङ्घसंस्थाको साझेदारी कार्यक्रममार्पmत रु ७० लाख प्राप्त भएको समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
शिवलिङ्घसहित जलधारा निर्माणका लागि भक्तजनबाट आर्थिक सङ्कलन गरिने छ । जसमा एउटा धारा बराबर रु २५ हजारको हाराहारी खर्च लाग्ने समितिको अनुमान रहेको छ । अहिलेसम्म मुलुकका विभिन्न स्थान पुण्यभूमिको दर्शन गर्न आउने भक्तजनले आप्mनो तर्पmबाट एकदेखि तीन वटासम्म धारा निर्माण गर्ने प्रतिवद्धता समेत जनाइसकेका छन् । भक्तजनको प्रतिबद्धतासँंगै धार्मिक क्षेत्रको विकास निर्माणमा समितिलाई उत्साह थपेको छ ।
राजमार्गमा गुडीरहेका यातायातका साधनबाटै यात्रुले मन्दिर परिसर स्पष्ट देख्न सकिने गरी पहाड तथा रूख कटान गर्ने, पार्क निर्माण, तिर्थयात्रुका लागि आवास तथा भोजन गृह, पीठको स्थापना गरी यस क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक गन्तव्यका रुपमा विकास गर्ने, मठमन्दिर निर्माणका साथै आवश्यकताअनुसार खानेपानीको व्यवस्थासहित सुविधायुक्त आधुनिक शौचालयको निर्माण गर्ने समितिकाले दीर्घकालीन सोचअनुसार भौतिक विकासमा जोड दिँदै आएको छ ।
भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालका अनुसार मन्दिरको डिपिआरका आधारमा भौतिक पूर्वाधार निर्माणका लागि दुई वर्षको अवधिमा प्रदेश सरकार, नगरपालिका र मन्दिर समितिको साझेदारी कार्यक्रमअन्तर्गत रु दुई करोड २५ लाख लगानी भइसकेको छ । समितिले भक्तजनबाट मन्दिरमा चढाएको भेटी बैंक खातामा जम्मा गर्ने आवश्यक खर्च चेकमार्पmत गर्ने हुँदा आर्थिक पारदर्शिता रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारको नयाँ गन्तव्य स्थलमा समावेश गरेको यस क्षेत्रमा एकसय फिट अग्लो त्रिशूलसमेत निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।