गुजरात टाइटन्स इन्डियन प्रिमियर लिगको प्ले अफमा प्रवेश — OSNepal

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिगको प्ले अफमा प्रवेश

LC (KTM) May 10, 2022 0

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गर्न सफल भएको छ । पुनेमा मंगलबार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । यो जित संगै गुजरात प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लन सफल भएको छ ।

गुजरातले लखनउ समक्ष १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।लखनउका दिपक होडाले २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे ।गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २र२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रनको स्कोर खडा गरेको थियो ।

गुजरातका शुबमन गीलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२ रन बनाए ।लखनउका आभेश खानले २ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर