अभिनेता पर्ल पुरी अझै जेलमै बस्ने पक्का, नाबालिकालाई रेप गरेको मेडिकल रिर्पाेटले पुष्टि गरिसकेको वकीलको जिकिर — OSNepal

अभिनेता पर्ल पुरी अझै जेलमै बस्ने पक्का, नाबालिकालाई रेप गरेको मेडिकल रिर्पाेटले पुष्टि गरिसकेको वकीलको जिकिर

LC (KTM) June 12, 2021 0

नाबालिग लाई रेप गरेको आरोपमा टेलिभिजन इण्डस्ट्रीका लोकप्रिय अभिनेता तथा नागिन ३ का पर्ल पुरी फेरी जेलमै रहने भएका छन् । मुम्बईको वसई कोर्टले पर्लको १४ दिनको न्यायीक हिरासतमा राखेको थियो ।

अर्थात हिजो जुन ११ पर्लको जमानतका लागि भएको याचिकाको सुनवाई खारेज भएसंगै अझै पनि जेलमै पर्लले समय बिताउनु पर्ने भएको हो । उनी अहिले मुम्बईको थाणे जेलमा न्यायिक हिरासतमा रहेका छन् । हाल पीडित भनिएकी बालिकाको पिताको बयान समेत बाहिर आएको छ ।

उनले आफ्नो छोरी संग जुन घटना घटेको छ त्यसको आफ्नो बिबाहको बिषयलाई लिएर चलिरहेको बिबाद संग कुनै लेनदेन नरहेको जिकिर गरेका छन् । हाल अभिनेत्री दिब्या खोसलाले दाबी गरेकी थिईन् कि पत्नीको साथमा चलिरहेको बिबादका कारण केटीको पिताले पर्ललाई झुठो आरोपमा फसाएको हो ।

पीडितको पिताका वकीलले जारी गरेको बयानमा पीडित बालिकाको मेडिकल रिर्पाेटले समेत यौन शोषण गरेको पुष्टि गरेको बताइएको छ । पीडित बालिकालाई जब तस्बिर देखाईयो त्यतिबेला पर्ललाई उनले चिनेको समेत बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर