बलिउड निर्माता करण जोहरको शोमा अल्लु अर्जुन र रश्मिका आउने — OSNepal

बलिउड निर्माता करण जोहरको शोमा अल्लु अर्जुन र रश्मिका आउने

LC (KTM) May 11, 2022 0

मुम्बई – बलिउड निर्माता करण जोहरले आफ्नो टेलिभिजन शो ुकफी विथ करणुको सातौं संस्करण सञ्चालन गर्ने भएका छन्। तर यसपटक उनको शो टेलिभिजनमा नभई ओटीटी प्लेटफर्ममा आउने भएको छ। समाचारअनुसार उक्त शो डिजनी प्लस र हटस्टारमा आउने छ।

यसपटकको संस्करणमा रणवीर सिंह र आलिया भट्ट आउने निश्चित भएको छ। त्यस्तै पुष्पा फिल्ममार्फत् विश्वव्यापी चर्चा कमाएका अल्लु अर्जुन र रश्मिका मन्दाना पनि शोमा देखिनेछन्। रणवीर र आलियाले आउँदै गरेको फिल्म रानीको प्रमोशन गर्ने बताइएको छ।

करणले आफ्नो शोमार्फत् बलिउड सेलिब्रेटीहरुको व्यक्तिगत कुराहरु गरेर चर्चा कमाउने गर्छन्।अन्नपुर्ण पोष्टमा खबर छ । यही शोमा गरिने अभिव्यक्तिका कारण हिरो हिरोइनहरु विवादीत समेत बन्ने गरेका छन्।

यो पनि- भोट कि देश जोगाउनेलाई राख्नुहोस्, कि देश वेच्नेलाई स् विजुक्छें-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश वेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् ।

देखिंदा धेरै पार्टीहरु चुनावी प्रतिस्पर्धा देखिए पनि सारमा देश जोगाउने र वचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाई छ । एमसीसीको पक्षमा रहेका पार्टीहरु देश बेच्ने र विरोधी पार्टीहरु देश जोगाउने पक्षमा रहेको उनको भनाई थियो ।

मंगलबार साँझ भक्तपुरमा भएको अन्तिम चुनावी सभामा बोल्दै उनले भने, तपाईंहरुले पनि वैशाख ३० गते शुक्रबार भोट राख्दा यही कुरालाई विचार गर्नुहोस् । कांग्रेस, एमाले र माओवादी पार्टीले एमसीसीको समर्थन गरेकाले उनले देश वेच्ने पार्टी भएको र नेपाल मजदुर किसान पार्टीबाहेकका केही पार्टीहरुले एमसीसीको विपक्षमा रहेर देश बचाउने पार्टीमा दर्ज भएको उनले विश्लेषण थियो ।

उनले भने, अहिले चुनावमा जोसुकैले भोट माग्न आए पनि सारमा यहाँंहरुले यी दुईमध्ये एक रोज्नुपर्ने हुन्छ । त्यही कारण यो चुनाव देशभक्त र देश विरोधीहरुको जनमत बुझने चुनाव पनि भएको उनले विश्लेषण गरे । त्यसकारण देश वचाउने पार्टीहरुलाई देखिंदाखेरी हारे पनि सारमा देशभक्त जनताको मत दर्शाउन त्यस्ता पार्टीहरुलाई मत हाल्न उनले अनुरोध गरे । उनले कांग्रेस, एमाले, माओवादी अमेरिकी दास भएको आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर