महाकाली अस्पतालमा उपचाररत् थप ११ जना कोरोना संक्रमितले ज्या न गुमाए — OSNepal

महाकाली अस्पतालमा उपचाररत् थप ११ जना कोरोना संक्रमितले ज्या न गुमाए

LC (KTM) May 11, 2021 0

कञ्चनपुर- कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृ त्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृ त्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन ।” उहाँले भन्नुभयो,“ अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृ त्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हँुदै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर