नेपाली महिला क्रिकेट टिमले युगाण्डा संग टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्ने पक्का — OSNepal

नेपाली महिला क्रिकेट टिमले युगाण्डा संग टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्ने पक्का

LC (KTM) May 11, 2022 0

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपालले अफ्रिकी राष्ट्र युगान्डासँग खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका अनुसार नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी ट्वान्टी सिरिज खेल्ने छ । यो सिरिज पाँच खेलको हुने बताइएको छ ।

टियु क्रिकेट मैदानमा नेपाल र युगान्डाबीचको पहिलो टी ट्वान्टी जेठ २ गते हुनेछ । दोस्रो जेठ ३ गते र तेस्रो टी ट्वान्टी जेठ ५ गते हुनेछ । यस्तै चौंथो टी ट्वान्टी जेठ ६ गते र अन्तिम टी ट्वान्टी जेठ ७ गते हुने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर