चलचित्र ‘हनी बनी’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित — OSNepal

चलचित्र ‘हनी बनी’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित

LC (KTM) May 13, 2022 0

काठमाडौं । चलचित्र ‘हनी बनी’ मा अभिनेत्री जसिता गुरुङलाई शीर्ष भूमिकाका लागि अनुबन्धित गरिएको छ । छायांकनका लागि बेलायत पुगेका निर्देशक दिवाकर भट्टराईले अभिनेत्री जसितालाई अनुबन्धित गराएका हुन् । लन्डनमा चलचित्रको अधिकांश दृश्य छायांकन गरिने यो चलचित्रमा जसिताको भूमिकाका बारेमा केही खुलाइएको छैन ।

पुरुषोत्तम प्रधानको छायांकन रहने यो चलचित्र मार्चबाट फ्लोरमा जाँदैछ । सौर्य दैनिकमा खबर छ । रबी इन्टरनेसनलको ब्यानरमा बन्न लागेको ‘हनी बनी’ को लागत करिब ७ करोड रहने निर्माण पक्षले जनाएको छ ।

यो पनि -तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने-विहान सातवजेदेखि सुरुआत हुन लागेको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् ।

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ जना निर्वाचित हुनेछन् । जिल्लाका दश पालिकामा एक हजार ६०० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै मतदान कार्यमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गर्नुभयो । निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नागरिकलाई भयरहित वातावरणमा निर्वाचन सहभागी हुने स्थिति बनाउनका लागि प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको हो ।

निर्वाचनलाई लक्षित गरी तनहँुमा दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । “निर्धक्कसाथ निर्वाचनमा मतदान गर्ने वातावरण मिलाउन सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ”, उहाँले भन्नुभयो, “निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सुरक्षा योजना बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिने छैन ।”

निर्वाचनका लागि ३६२ नेपाली सेना, एक हजार १८८ म्यादी प्रहरी, ८२० नेपाल प्रहरी र ३२६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन प्रकारमा मतदान केन्द्रलाई विभाजन गरेको छ । अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रमा अन्य ठाउँभन्दा बढी सुरक्षा कडाइ गरिनेछ ।

बन्दीपुरको गाविस भवन धरमपानी, देवघाटको सिद्ध प्रावि, कोट बैदी देवघाटको गाविस भवन, रिसिङको बाल विकास मावि र शङ्कर प्रावि रुपाकोटलाई अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ । भानुको राष्ट्रिय माध्यमिक विद्यालय, शुक्लागण्डकीको जनकल्याण प्राथमिक विद्यालय, भिमादको शङ्कर माध्यमिक विद्यालय डुम्रेबेँसी, बन्दीपुरको त्रिभुवन प्राथमिक विद्यालयलगायत ३८ मतदानस्थललाई संवेदनशीलमा वर्गीकरण गरिएको छ ।

जिल्लाका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर