देशैभर सत्ता गठवन्धनको विजयी हुन्छ : प्रकाशमान सिंह — OSNepal

देशैभर सत्ता गठवन्धनको विजयी हुन्छ : प्रकाशमान सिंह

LC (KTM) May 13, 2022 0

काठमाडौं ३० वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेपछि देशैभर सत्ता गठवन्धनको वि जयी हुने दावी गरेका छन् ।

नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका नेता सिंहले मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

दुई तिहाई भएको सरकारले काम गर्न नसकेको बताएका उनले संविधानलाई ट्र्याकमा राख्न गठबन्धनले काम गरिरहेको जिकिर समेत गरेका छन् ।

‘संविधानले दिएको अधिकार सुरक्षित एवं संस्थागत गर्दै राजनीतिक महत्वलाई बुझेर जनताले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन्छन्,मेयर भनेको राष्ट्रको महत्वपूर्ण जिम्मेवारी हो ‘ नेता सिंहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर