बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो — OSNepal

बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो

LC (KTM) May 13, 2022 0

बर्दिया- बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताउनुुभयो ।मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उहाँले जानकारी दिनुभयोे ।

बारामा ५५ प्रतिशत मतदान- बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।बारागढी सिम्रौनगढ प्रचरौटा मतदान केन्द्रमा मतदान सुरु हुन लाग्दा दुवै पक्षबीच झडप भएकामा अनुगमन टोलीले दुवै पक्षलाई सम्झाइ मतदान सुरु गराएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो । अहिलेसम्म सबै मतदानस्थलमा निरन्तर मतदान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर