लमजुङमा वडाअध्यक्षको नेतृत्वमा मतदाता कुटिए — OSNepal

लमजुङमा वडाअध्यक्षको नेतृत्वमा मतदाता कुटिए

LC (KTM) May 13, 2022 0

आज देशभर स्थानीय तहको मतदान कार्य छिटपुट घटना बाहेक सम्पन्न भएको छ । कतिपय ठाउँमा केही सामान्य झडप भएका छन् । यसैक्रममा लमजुङको बेसिशहरमा रहेको बुथमा एमालेको अध्यक्ष पदका उम्मेद्धारले मतदाता कुटेका छन् । एमालेका ११ वडा अध्यक्ष अच्युत बगाले थापाको नेतृत्वमा मतदाता कुटिएका हुन् । उनले मत हाल्न आएका मतदातालाई कांग्रेस कार्यकर्ता भन्दै कुटपिट गरेका हुन् ।

उनको समूहकाले मतदाता लाई नराम्रो संग कुटेका हुन् । बुथमा एकाएक मतदाताको सङ्ख्या बढेपछि उनीहरूले मतदान केन्द्रमा प्रवेश गर्न अवरोध गरेपछि सामान्य विवाद भएको थियो। तर बिबाद बढ्दै जाँदा हात हालाहालको अवस्था भएपछि उनीहरू कुटपिटमा उत्रिएका थिए। सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन सकेको थिएन् । त्यसपछि बुथमा सेना आएर तनावपुर्ण स्थितीलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि मतदान सुचारु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर