रौतहटको यमुनामाई गाउँपालिकामा लुटिएको मतपत्र पानी हालेको अवस्थामा बरामत , मतदान भयो रद्द — OSNepal

रौतहटको यमुनामाई गाउँपालिकामा लुटिएको मतपत्र पानी हालेको अवस्थामा बरामत , मतदान भयो रद्द

LC (KTM) May 13, 2022 0

रौतहट ३० वैशाख । रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

बिहानै देखि उक्त स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ताबिच झडप भइरहेको थियो ।

आक्रोशित भीडले मतदान केन्द्र कब्जामा लिएर मतपेटिका जफत गर्नुको बाँकी रहेको मतपत्र च्यातेका छन् ।
लुटेर लगिएको मतपत्र पानी हालेको अवस्थामा बरामत भएको प्रहरीले जनाएको छ । निर्वाचन अधिकृत हरिप्रसाद शर्माले भने दुवै स्थानको मतदान रद्द भएको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर