मतगणनामा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी मात्र राख्न दिनु शंकाष्पद छ -बालेन शाह — OSNepal

मतगणनामा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी मात्र राख्न दिनु शंकाष्पद छ -बालेन शाह

LC (KTM) May 13, 2022 0

काठमाडौंमा महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले मतगणनामा आफ्नो प्रतिनिधि राख्नेबारे आपत्ति प्रकट गरेका छन् उनले जिल्ला निर्वाचन कार्यालयले गरेको यस प्रकारको व्यवस्था प्रति सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोश ब्यक्त गरेका छन् उक्त ब्यवस्थामा मतगणना गर्दा खेरी पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना मात्र प्रतिनिधि राख्न सकिने उल्लेख

अरु सबै कुरामा समान नियम लागु हुने तर मतगणनाका बेला स्वतन्त्र उम्मेद्धारलाई यस किसिमको नियमले बाध्न खोज्नु आपत्ति जनक रहेको भन्दै यस बिषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् लामो पोष्ट लेख्दै बालेनले आपत्ति जनाएका हुन् उनले लेखेका छन्मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने कुरा आयो सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्दतिको निर्वाचन भएको उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन हरेकलाई हरेकसँग प्रतिष्पर्धी मानिएको हरेकले पाउने प्रत्येक मतको मतभार बराबर यस्तोमा दलगत स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?

स्वतन्त्रहरु आफैमा फरक फरक विचार, समूह उम्मेदवार हुन् उनीहरु आफै बिचमा प्रतिष्पर्धा हुन्छ यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधी छान्ने हो ? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया बिधि के हो रु आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन

यसैले, सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगरियोस् जना स्वतन्त्रको एकजना साझा प्रतिनिधी भन्ने कुरा कानुनी, व्यवहारिक लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपुर्ण यो लोकतन्त्रको विरुद्धमा यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपुर्ण हुदैन कि भन्ने शंका उत्पन्न गराउँछ यसप्रति निर्वाचन आयोग सजग बनोस् , हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस् यसमा निर्वाचन आयोगको ध्यानाकर्षण तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर