पोखरामा एमाले लाई झिनो मत अन्तर पछि पार्दै नेकपा एसका आचार्य अगाडी — OSNepal

पोखरामा एमाले लाई झिनो मत अन्तर पछि पार्दै नेकपा एसका आचार्य अगाडी

LC (KTM) May 14, 2022 0

सबैको चासो बनेको पोखरा महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका मेयर पदका उम्मेद्धार कृष्ण थापा र नेकपा एकीकृत समाजवादीका धनराज आचार्य बीच कडा प्रतिष्पर्धा देखिएको छ । अहिले आचार्य झिनो मत अन्तरको अग्रता कायम राख्न सफल भएका छन् । पछिल्लो पटक ३०० मत गणना हुँदा आचार्यले ११६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार थापाले १०८ मत प्राप्त गरेका छन् ।

उप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाट अगाडी देखिएकी छिन् । उनले १२४ मत र नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ११९ मत पाएकी छन् । पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर