'राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने प्रधानमन्त्री ओली नै हुन्, भ्रममा नपरौँ' — OSNepal

‘राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने प्रधानमन्त्री ओली नै हुन्, भ्रममा नपरौँ’

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधब नेपालहरुको विधि र अनुशासन स्पष्ट देखिएको बताएका छन् । नेता बस्नेतले आज सामाजिक सञ्जाल फेसबुक मार्फत विपक्षी दलका नेताहरुको कडा आलोचना गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई पनि ७१ वर्षपछि कम्युनिष्टहरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका क्रान्तिकारीपन देखिएको टिप्पणी समेत गरेका छन् ।सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिदै गरेको पनि नेता बस्नेतले जनाएका छन् ।

१. ७१ बर्ष पछाडी कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागेका प्रचण्ड हरुको क्रान्तिकारीपन पनि देखियो।

२. जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधब नेपालहरुको विधि र अनुशासन पनि देखियो।

३. बिगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ।

४. पद र पैसा भने पछि जिउ ज्यान छाड्ने आफू मन्त्री होउन जेल तेही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिए पछी प्रतिगामी , संबिधान संशोधन र मधेसी आन्दोलनका मुद्धामा मतलब छैन कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादबको मधेस मोह पनि हेरियो।

५. आठओटा पार्टी फेरेर प्रबेश गरेको जसपालाइ फोर्न प्रचण्ड र राम चन्द्रहरुको गोटी बन्ने अफ्नो साँसदहरुलाइ एक ठाउमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठापनी देखियो।

६. राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री के पी ओली नै हो कुनै भ्रममा नपरी हाम्रो पकति अभियान बनाएर लागौं।

७. श्याल हुँइया गर्नेहरुको भबिष्य छैन। आबास्यक प्रतिरोध गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर