बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी — OSNepal

बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी

LC (KTM) May 15, 2022 0

गलकोट, १ जेठ-बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक बिजयी हुनुभएको छ । उहाँले दुई हजार २८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै पालिकाका पाँचवठटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी हुनुभयो । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर