सर्लाहीको चक्रघट्टा–१ मा माओवादी केन्द्रका राय विजयी — OSNepal

सर्लाहीको चक्रघट्टा–१ मा माओवादी केन्द्रका राय विजयी

LC (KTM) May 15, 2022 0

सर्लाही, १ जेठ-सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामसुरेश राय विजयी भएका छन् । तीन सय ८८ मतसहित माओवादी केन्द्रका उम्मेदवार राय वडाध्यक्षमा विजयी भएका हुन् । उनकाे निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा)का चन्द्रशेखर प्रसाद यादवले तीन सय १६ मत मात्र प्राप्त गरे । कांग्रेसका शिवस्वरुप रायले भने दुई सय ९८ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको १ नम्बर वडामा खसेको एक हजार एक सय ७० मतगणना गर्दा गाउँपालिका अध्यक्ष पदमा जसपाका कृष्णकुमार यादवले चार सय ४६, कांग्रेसका रामजी साह तेलीले तीन सय एक र माओवादीका विक्रम यादवले दुई सय ८५ मत प्राप्त गरेका छन् । तेस्रो नम्बरमा रहेका माओवादी केन्द्रका विक्रम यादव निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।

यसैगरि उपाध्यक्षतर्फ जसपाकी मिनादेवी रायले तीन सय ७३, कांग्रेसकी विमला जयसवालले तीन सय ६४ र माओवादीकी सजरा खातुनले दुई सय ८६ मत प्राप्त गरेका छन् । यो समाचार तयार गर्दा सम्म चक्रघट्टा गाउँपालिका–९ को मतगणना सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर