निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले दिए राजीनामा — OSNepal

निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले दिए राजीनामा

LC (KTM) May 15, 2022 0

उदयपुर १ जेठ । स्थानीय तह निर्वाचन निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् ।

अधिकृत खनालले स्वास्थ्यको कारण देखाउँदै राजजीनामा दिएका हुन् । शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्य भएर बेहोस भएका खनालले आफु अब बाँकी काम गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

शुक्रबार भएको निर्वाचनमा पनि त्रियुगा नगरपालिका–१२ रकटारी नगरपालिका वडा नम्बर १० मा प्रहरीको गोली लागेर १ जनाको ज्यान गएपछि तनावमा रहेका उनले अब स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै आयोग समक्ष राजीनामा दिएका हुन् ।

पानी परेपछि स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु नगरेपछि उक्त स्थानमा विवाद सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर