बालेनले जिते २८ किलोको खसी दिने भन्दै बाजी राख्ने यी को हुन् ? — OSNepal

बालेनले जिते २८ किलोको खसी दिने भन्दै बाजी राख्ने यी को हुन् ?

LC (KTM) May 15, 2022 0

काठमाडौँ । यतिबेला धेरैको ध्यान काठमाडौं महानगरपालिकामा छ । कारण हो प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको उम्मेद्धवारी । बालेनले सुरुवाती अग्रता लिएसँगै देशभर यो क्षेत्रको चर्चा चुलीएको छ ।

यसैबिच उनले चुनाव जित्लान् कि हार्लान् भन्ने चर्चा चुलिएका बेला खोटाङमा भने दुई जनाले बाजी नै राखेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेको कागज नै बाहिर आएपछि अहिले उक्त कागज पनि भाइरल बनिरहेको छ ।

उक्त कागजमा बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिन तयार छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका छन् ।

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पार्दै बालेनले लिड गरिरहेका बेला यो बाजीको प्रसंग बाहिर आएको हो । जुन आँफैमा गैरकानुनी समेत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर