एमालेको लाल किल्ला भनिएको टोखा नगरपालिका वडा नम्बर १ मा कांग्रेस विजयी — OSNepal

एमालेको लाल किल्ला भनिएको टोखा नगरपालिका वडा नम्बर १ मा कांग्रेस विजयी

LC (KTM) May 15, 2022 0

काठमाडौ १ जेठ । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा नं १ का सभापति श्री रमेश लामिछाने वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेका पंचलाल डंगोललाई १४३ मत अन्तरले पराजित पारेका हुन् ।

योसँगै एमालेको लाल किल्ला भनिएको वडा न. १ पनि कांग्रेसमय हुन पुगेको छ । लामिछानेले ७५३ मत ल्याउँदा एमालेका डंगोलले ६१० मत ल्याएर पराजित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर