पोखरा एकीकृत समाजवादीका धनराजले बढाए आफ्नो मतान्तर — OSNepal

पोखरा एकीकृत समाजवादीका धनराजले बढाए आफ्नो मतान्तर

LC (KTM) May 16, 2022 0

पोखरा २ जेठ । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम नै राखेका छन् ।

जारी मत गणना अनुसार आचार्य ले अहिले सम्म ४०४१ मत पाएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका तेस्रो स्थानमा राप्रपाका शंकर खरालले ५०० मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले पछिल्लो मतगणना अनुसार ४ हजार १९१ मत पाएकी छन् ।

उनलाई पछयाउँदै नेपाली कांग्रेसकी कोपिला रानाभाट आएकी छन् । उनले पनि ४ हजार १११ मत प्राप्त गरी सकेकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर