टोखा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी युवा नेत्रृ रजनी थापा अग्रस्थानमा — OSNepal

टोखा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी युवा नेत्रृ रजनी थापा अग्रस्थानमा

LC (KTM) May 16, 2022 0

काठमाडौं २ जेठ । काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवार दिएकी युवा नेतृ रजनी थापाले आफ्नो अग्रता कायमै नै राखेकी छन् ।

थापाले पछिल्लो मत परिणाम अनुसार ५ हजार ११२ मत ल्याएर आफुलाई अग्रस्थानमा राखेकी छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका निवर्तमान मेयर समेत रहेका प्रकाश अधिकारीले ४ हजार ८९२ मत ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार शेखर श्रेष्ठले ८१३ मात्र मत ल्याएका छन् । उपमेयरमा पनि नेपाली कांग्रेसका मुरारी तामाङले ५ हजार ४३ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।

नेकपा एमालेकी ज्ञानमाया डंगोलले ४ हजार ६२९ मत ल्याउँदै तामाङलाई पयाइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर