कालिकोटको पलाँता गाउँपालिकामा अध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी — OSNepal

कालिकोटको पलाँता गाउँपालिकामा अध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी

LC (KTM) May 16, 2022 0

सुर्खेत, २ जेठ-कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित सबै वडामा जित हात पारेकाे छन् । सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार गाउँपालिका अध्यक्षसहित नौवटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका हुन् ।

गाउँपालिकाका अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा अलैपुरा जैशी विजयी भएका छन् । नौवटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट वडा नं. १ मा मनप्रसाद न्यौपाने, २ मा भीमप्रसाद न्यौपाने, ३ मा बाँचे विश्वकर्मा, ४ मा तिलकबहादुर बुढा, ५ मा तिलकबहादुर बम, ६ मा ज्ञानबहादुर ऐडी, ७ मा माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नम्बर ९ मा रामबहादुर बम विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर