कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादीले जित्यो रुकुमको सानीभेरी गाउँपालिका — OSNepal

कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादीले जित्यो रुकुमको सानीभेरी गाउँपालिका

LC (KTM) May 16, 2022 0

रुकुम २ जेठ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी विजयी भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पछाडि पार्दै माओवादीका विर्खबहादुर विष्ट गाउँपालिका अध्यक्षमा निवार्चित भएका हुन् ।

उपाध्यक्ष पनि माओवादीकै कमला रोका निर्वाचित भएकी छन् । विष्टले ६ हजार १९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दले ४ हजार ३२० मतल्याई हार व्यहोरेका छन् ।

विष्टले १ हजार ६९९ मत अन्तर कायम राख्दै जित हासलि गरेका हुन् । यता उपाध्यक्षमा रोकाले ५ हजार ९ सय ५८ ल्याई विजय हुँदा प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय २० ल्याएका पराजित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर