नेपाल मेडिकल कलेज भन्यो -कोरोना संक्रमित बिरामीहरुले आ–आफ्नो व्यवस्था गर्नु अस्पतालले उपचार गर्न सक्दैन — OSNepal

नेपाल मेडिकल कलेज भन्यो -कोरोना संक्रमित बिरामीहरुले आ–आफ्नो व्यवस्था गर्नु अस्पतालले उपचार गर्न सक्दैन

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । अक्सिजन उपलब्ध हुन नसक्ने भन्दै राजधानीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज प्रालिले कोरोना संक्रमित बिरामीलाई अन्यत्र लैजान आग्रह गरेको छ । अस्पताल शासनद्वारा प्रशसनद्धारा आज एक सुचना जारी मार्फत अक्सिजन उपलब्ध हुन नसक्ने उल्लेखित व्यहोरासहित बिरामीलाई डिस्चार्ज गर्न लागिएको बारे नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी वृत्त बौद्ध लगायतका सम्बन्धित निकायहरुलाई समेत जानकारी गराइएको उल्लेख गरिएको छ ।

यस अस्पतालमा अक्सिजन सप्लाइ गर्ने कम्पनी सोपान फर्मासिउटिकल्स लिमिटेडको मेशिन बिग्रिएको र तत्काल अक्सिजन उपलब्ध हुने सम्भावना न्यून रहेको अन्यत्र ठाउँबाट पनि सप्लाई गर्न तत्काल असमर्थ भएको हुँदा आज बेलुकी चार बजे सम्मको लागि मात्र अक्सिजन हुने भएको जानकारी दिँदै बिरामीहरुलाई आ–आफ्नो व्यवस्था गर्न सूचना जारी गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर