भारतको बिहारमा आफ्नो श्रीमती प्रेमीलाई जिम्मा लगाए, चलचित्र हम दिल दे चुके सनमको जस्तै कहानी वास्तबिक जिवनमा — OSNepal

भारतको बिहारमा आफ्नो श्रीमती प्रेमीलाई जिम्मा लगाए, चलचित्र हम दिल दे चुके सनमको जस्तै कहानी वास्तबिक जिवनमा

LC (KTM) June 13, 2021 0

कहिलेकाही चलचित्र वास्तबिक जिवन संग मेल खाने बन्न पुग्छ । सोच्दै नसोचेको घटना फिल्ममा देखाईन्छ तर कतिपय वास्तबिक जिवनमा पनि यस्तै हुन्छ । यस्तै घटना भएको छ भारतको बिहार राज्यमा । सलमान खान , अजय देबगन र ऐश्वर्या रायले अभिनय गरेको बलिउड चलचित्र ‘हम दिल दे चुके सनम’मा जस्तै भएको छ बिहारमा ।

यस चलचित्रमा सलमान खान संग प्रेममा रहेकी हुन्छिन् ऐश्वर्या राय तर परिवारको दबाबको कारण उनले नायक अजय देबगन संग बिबाह गर्न पुग्छिन् । पछि अजय देबगन संग ऐश्वर्या खुशी हुन सक्दिनन् । यो कुरा अजयलाई थाहा हुन्छ र उनको पहिलो प्रेमि सलमानलाई भेट गराउँछन् र उनै संग बिबाह गर्नका लागि भुमीका खेल्छन् ।

हो यस्तै भएको छ बिहारमा पनि । तर घटना अलिकति फरक रहेको छ । बिहारको छपरा जिल्लामा एक व्यक्तिले आफ्नी श्रीमती आफूसँग खुशी नभएको देखेपछि उनले श्रीमतीलाई प्रेमीको जिम्मा लगाएका हुन्।बिहारको घटनामा भने महिला र पुरुषले सुरुवातमा प्रेम विवाह गरेका हुन्छन् तर महिला परपुरुषसँग लागेपछि पुरुषले श्रीमती परपुरुषको जिम्मा लगाएका हुन्।

यद्यपी श्रीमतीकै खुशीका लागि श्रीमानले विवाहलाई भने दुवै घटनामा तिलान्जली दिएका हुन्। अहिले यो जोडी सामाजिक सञ्जालमा चर्चित हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर