आज अमेरिकी सहित अस्ट्रेलियन डलरको पनि मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज अमेरिकी सहित अस्ट्रेलियन डलरको पनि मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) May 18, 2022 0

काठमाडौं-नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १८ पैसाले बढेर १२३ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४१ पैसा पुगेको छ। अस्ट्रेलियन डलरको विनिमय दर एक रूपैयाँ ५३ पैसा बढाएको छ।

आज अस्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ११ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५३ पैसा तोकेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०४ पैसा पुगेको छ। कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०५ पैसा पुगेको छ।

आज साउदी अरेबियन रियाल एकको खरिदमा ३३ रूपैयाँ ०१ पैसा र बिक्रीमा ३३ रूपैयाँ १७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर एक रूपैयाँ ७ पैसाले बढेर ४०३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४०५ रूपैयाँ ६१ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३३० रूपैयाँ कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर