नेपालमा कोरोना नियन्त्रण बाहिर गयो, आज अहिलेसम्मकै धेरै संख्यामा २२५ जना संक्रमितको मृत्यु — OSNepal

नेपालमा कोरोना नियन्त्रण बाहिर गयो, आज अहिलेसम्मकै धेरै संख्यामा २२५ जना संक्रमितको मृत्यु

LC (KTM) May 11, 2021 0

काठमाडौँ २८ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २२५ जनाको ज्यान गएको छ । जुन अहिले सम्मकै उच्च मृत्युदर हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१ हजार ३ सय १६ नमुना परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज एकै दिन ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर