अध्यक्ष यादवले मागे स्पष्टिकरण :सरकारमा पार्टीको कुन निणर्यबाट सहभागी भएको — OSNepal

अध्यक्ष यादवले मागे स्पष्टिकरण :सरकारमा पार्टीको कुन निणर्यबाट सहभागी भएको

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका सरकारमा सहभागी भएका मन्त्रीहरुलाई अर्का अध्यक्ष उपेन्द्र यादवले स्पष्टिकरण सोधका छन् । निवार्चन आयोगले हिजो दुवैले एक अर्कालाई गरेको कारवाही वैधता नभएको भनी खारेज गरेपछि आज यादव समुहले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टिकरण सोधेको हो ।

सात दिनको समय दिएर सरकारमा सहभागी पार्टीको कुन निणर्यबाट भएको हो भनी स्पष्टिकरणमा भनिएको यावदले जनाएका छन् । जसपाको तर्फबाट सरकारमा ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।

तथापी, यता भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री नेता कर्ण शाक्यले भने अपाmुलाई स्पष्टिकरणको विषयमा कुनै जानकारी नआएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर