राजामौलीको निर्देशनमा बनेको दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ ओटिटी प्लेटर्फममा प्रदर्शन हुने — OSNepal

राजामौलीको निर्देशनमा बनेको दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ ओटिटी प्लेटर्फममा प्रदर्शन हुने

LC (KTM) May 23, 2022 0

मुम्बई । एसएस राजामौलीको निर्देशनमा बनेको दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ ओटिटी प्लेटर्फममा प्रदर्शन हुने भएको छ । नेटफ्लिक्सले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै जुन २ बाट प्रदर्शनमा आउने जनाएको छ । नेटफ्लिक्सले लेखेको छ, ‘के तपाईं सुन्दै हुनुहन्छ । हामी चिच्याइरहेका छौँ । आरआरआर हिन्दी भाषामा नेटफ्लिक्सबाट प्रदर्शन हुँदैछ ।’ ‘आरआरआर’ तमिल तेलुगू, कन्नड र मलयालम भाषामा मे २० देखि जि–फाइभमा समेत प्रदर्शन हुँदैछ । भारतीय सञ्चार माध्यमका अनुसार यी भाषामा प्रदर्शन भएको चलचित्रमा अंग्रेजी सबटाइटल दिइने छ ।

मार्च २४ देखि हलमा प्रदर्शनमा आएको यो चलचित्रले विश्वव्यापी रुपमा आक्रमक व्यापार गरिरहेको छ । यसले विश्वव्यापी रुपमा ८११ सय करोड भारुभन्दा बढी व्यापार गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै, केही हलमा यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ । तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जीवनीमा आधारित रहेर सौर्य दैनिकमा खबर छ। निर्माण गरिएको ‘आरआरआर’ लाई दर्शकले निकै रुचाएका छन् । चलचित्रमा अभिनेता जुनियर एनटिआर, रामचरणसँगै बलिउड अभिनेत्री आलिया भट्टको अभिनय छ । यस्तै, चलचित्रमा बलिउड अभिनेता अजय देवगनको समेत अतिथि भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर