आगामी आर्थिक वर्षको बजेटमा ७५३ स्थानीय तहमा जागिर खुलाउने सरकारको तयारी — OSNepal

आगामी आर्थिक वर्षको बजेटमा ७५३ स्थानीय तहमा जागिर खुलाउने सरकारको तयारी

LC (KTM) May 23, 2022 0

काठमाडौं ९ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहमा रोजगारी सिर्जना हुने गरी नयाँ योजना ल्याउने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा ७५३ वटै स्थानिय तहमा कृषि उत्पादनलाई प्राथमिकता दिने गरी कृषि अधिकृत नियुक्त गर्ने योजना भएको अर्थमन्त्रालले जनाएको छ ।

हरेक पालिकामा कृषि अधिकृत नियुक्त गर्ने र पालिकाहरुले आफ्नो क्षेत्राधिकारभित्र भएका जमीनलाई बढी भन्दा बढी उत्पादनमूखी बनाउन ध्यान दिने सरकारको योजना रहेको छ । आउँदो वषका बजेटको आकार समेत १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बनाउने तयारी थालेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको करिव ८५ प्रतिशत हिस्सा आन्तरिक राजश्व र ऋण तथा बाँकी वैदेशिक ऋणबाट व्यहोरिने बताइएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पूँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको पनि बुझिएको छ ।

नेपाल कृषि प्रधान देश भएपनि गाउँ घरमा खेति गर्नेहरुले पनि व्यवसायिक भन्दा निर्वाहमूखीमा बढी ध्यान दिएका कारण कृषि उत्पादन बढ्न नसकेको सरकारले निष्कर्ष निकालेको छ । जसको लागि सरकारले हरेक स्थानीय तहमा कृषि अधिकृत नियुक्त गर्ने योजना बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर