यू १९ महिला क्रिकेट टिमले पायो नयाँ कप्तान, कृतिका मरासिनी कप्तानको रुपमा नियुक्त — OSNepal

यू १९ महिला क्रिकेट टिमले पायो नयाँ कप्तान, कृतिका मरासिनी कप्तानको रुपमा नियुक्त

LC (KTM) May 23, 2022 0

यू १९ महिला क्रिकेट टिमले नयाँ कप्तान पाएको छ । कृतिका मरासिनी नयाँ कप्तानको रुपमा नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ क्यानले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जानकारी दिएको छ । आईसीसी यू १९ महिला विश्वकप छनोट नजिकिएको बेला क्यानले कृतिकालाई कप्तान नियुक्त गरेको हो ।

मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट आगामी जुन ४ बाट सुरु हुनेछ । नेपालले छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर