निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि जेठ १७ गतेसम्म बन्द — OSNepal

निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि जेठ १७ गतेसम्म बन्द

LC (KTM) May 11, 2021 0

काठमाडौं २८ बैशाख । कोरोना संक्रमण नियन्त्रण गर्नको लागि नेपाल सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानलाई जेठ १७ गते सम्म बन्द गर्ने निणर्य गरेको छ ।

आज मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध गरेकामा थप जेठ १७ गते सम्म स्थगित गरिएको जानकारी सबै वायुसेवा कम्पनीलाई गराएको छ ।यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति पाउने छ भने, यसबिचमा भएको नेपाल भारतको साताको दुई उडान पनि निरन्तर रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर