दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप प्रभावकारी बनाइने — OSNepal

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप प्रभावकारी बनाइने

LC (KTM) May 24, 2022 0

काठमाडौं १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप प्रभावकारी बताएकी छ न् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो जानकारी गराएकी छन् ।

महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउँदै महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक विरुद्ध हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने नीति समेत ल्याइने भएको छ ।

राज्यका आधारभूत तहमा महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

हिंसा पीडितको तत्काल उद्धार र पुनस्र्थापना र परिवारमा पुनः एकीकरण र आर्थिक शसक्तिकरण गरिने समेत नीति तथा कार्यक्रममा समावेश भएको राष्ट्रपति भण्डारीले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर