ललितपुरको मेयरमा फेरि दोहोरिए चिरिबाबु — OSNepal

ललितपुरको मेयरमा फेरि दोहोरिए चिरिबाबु

LC (KTM) May 24, 2022 0

काठमाडौं १० जेठ । ललितपुर महानगरको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् ।

४० हजारभन्दा बढी मत ल्याएर चिरिबाबु दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएका हुन् । महर्जनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । उनले नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पराजित गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर