नेपाललाई बिदेशी फिल्म छायाँकनको हब बनाउने सरकारको योजना — OSNepal

नेपाललाई बिदेशी फिल्म छायाँकनको हब बनाउने सरकारको योजना

LC (KTM) May 24, 2022 0

पछिल्लो समय नेपाल बिदेशी चलचित्र छायाँकनको लागि राम्रो गन्तब्य बन्दै गएको छ । बलिउड देखी हलिउड सम्मका चलचित्र नेपालका बिभिन्न ठाउँमा छायाँकन हुने गरेका छन् । यहि कुरालाई सरकारले आफ्नो निती तथा कार्यक्रममा समाबेश गरेको छ । सरकारले आफ्नो नितीमा नेपाललाई विदेशी फिल्म छायांकनको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९ -८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा विकास गर्ने बताएकी हुन् । फिल्ममार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्ने योजना रहेको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर