देवी घर्ती र अमृता नेपालीको 'चोली ढाकाले' बजारमा (भिडियोसहित) — OSNepal

देवी घर्ती र अमृता नेपालीको ‘चोली ढाकाले’ बजारमा (भिडियोसहित)

LC (KTM) May 25, 2022 0

काठमाडौं-
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गितकार निरोज भट्टको नयाँ दोहोरी गित ‘चोली ढाकाले’ भखर्रै रिलिज भएको छ ।

सिद्धकाली डिजिटलको प्रस्तुतिमा रहेको गितमा गायक सचिन भट्टराई र हरिराम परियारको मीठो आवाज संगै लोकप्रिय गायिका देवी घर्ती र अमृता नेपालीको सुमधुर स्वर रहेको छ । गितमा गितकार निरोज भट्टको शब्द सृर्जना एवम् पछिल्लो समयका अत्यन्तै व्यस्त सर्जक रमेश परियारको लय रचना रहेको छ । बागलुङ्गे र गोरखालीहरुको प्रेमिकल जोडीहरुको मायाप्रेमकै बिषयवस्तुलाई उत्कृष्ट शैलीमा गितमा प्रस्तुत गरिएको छ, मौलिकता पन झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

स्मृति तिमल्सिना (गुरुआमा) को निर्देशन र कोरियोग्राफीमा बनेको भिडियोमा रमाइलो ठट्यौली शेैलीको दोहोरि प्रस्तुत गरिएको छ । भिडियोमा लोमश शर्मा, बिपना चुनारा, अर्जुन कुबंर ‘पित्री बुढो’को अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करण चेैसिरको छायांकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर