काठमाडौंमा १४ हजार मत गन्न बाँकी रहँदा बालेनले बढाए २१ हजार भन्दा बढीको मतान्तर — OSNepal

काठमाडौंमा १४ हजार मत गन्न बाँकी रहँदा बालेनले बढाए २१ हजार भन्दा बढीको मतान्तर

LC (KTM) May 25, 2022 0

काठमाडौं ११ जेठ । स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार काठमाडौं महानगरपालिकामा अब मात्र १४ हजार २०८ मत गणना गर्न बाँकी रहेको छ ।

मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ५७ हजार ३३६ मत पाउँदै मतान्तरलाई फराकिलो बनाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३६ हजार २६५ मत र एमालेका उमेदवार केशव स्थापितले ३५ हजार ७२७ मत पाएका छन् ।
१४ हजार मत गन्न बाँकी रहँदा बालेनले २१ हजार भन्दा बढीको मतान्तर बनाएका छन् । जसको कारण उनको जित मत गणना सम्पन्न हुनु अगावै निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर