निषेधाज्ञा सकिए लगत्तै रेल सञ्चालन गर्न मन्त्री नेम्वाङको निर्देशन — OSNepal

निषेधाज्ञा सकिए लगत्तै रेल सञ्चालन गर्न मन्त्री नेम्वाङको निर्देशन

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले रेल सञ्चालन गर्न रेल विभागलाई निर्देशन दिएका छन् ।आज सोमबार आयोजित एक कार्यक्रममा मन्त्री नेम्वाङले निषेधाज्ञा सकिए लगत्तै जनकपुर–जयनगर रेल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा मन्त्री नेम्वाङले अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्नेलगायत कानुन व्यवस्थित गरिसकेका छौँ, नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ, यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले रेल सञ्चालन गर्नुपर्ने बताएका छन् ।

‘अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्नेलगायत कानुन व्यवस्थित गरिसकेका छौँ, नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ, यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले रेल सञ्चालन गर्नुपर्छ, त्यहाँका जनतालाई रेल सेवा प्रदान गर्नुपर्छ । दुई हप्ताभित्र रेल चलाउने तयारीमा लाग्नुस् ’ उनले भने ।

रेल सञ्चालनका लागि अध्यादेश जारी गरिएको भएपनि कोभिड १९ ले गर्दा समयमा रेल सञ्चालन गर्न नसकेको मन्त्री नेम्वाङले कार्यक्रममा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर