चौतर्फि बिरोध पछि मुल्यबृद्धि फिर्ता लिन सरकार संग माधव नेपाल र पुष्पकमल दाहालको आग्रह — OSNepal

चौतर्फि बिरोध पछि मुल्यबृद्धि फिर्ता लिन सरकार संग माधव नेपाल र पुष्पकमल दाहालको आग्रह

LC (KTM) May 25, 2022 0

हप्तै प्रत्येक पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भईरहदा जनता मारमा परेका छन् । अहिले मुल्यबृद्धिको ब्यापक बिरोध सुरु भए पछि सत्ता गठबन्धनका दुई शीर्ष नेता माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई तातो लागेको छ । चौतर्फि रुपमा बिरोधका आवाज आउन थाले पछि दुबै नेताले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई सुझाव दिएका छन् ।

त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा लगाएको कर हटाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् । सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनका पदाधिकारीले उनीहरु संग मृल्यबृद्धि फिर्ता गर्न आग्रह गरेका थिए । भेटपछि दुवै नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग कुरा गरेको नेकपा एस आबद्ध अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर