निन्द्रा र भोकले सताउने उमेरमा दुई घण्टाको बाटो हिडेर काफल बेच्न बाध्य छन् बालबालिका — OSNepal

निन्द्रा र भोकले सताउने उमेरमा दुई घण्टाको बाटो हिडेर काफल बेच्न बाध्य छन् बालबालिका

LC (KTM) May 26, 2022 0

जाजरकोट । स्कुल जानका लागि बालबालिका श्रम गर्छन् भने बालअधिकारसम्बन्धी महासन्धिले पनि त्यसको अनुमति दिन्छ । तर, जाजरकोटका बालबालिका पढाइमा भन्दा बढी कामतिर लागेका देखिन्छन् ।

‘किन काफल बेचेर बसेको, पढ्नुपर्दैन’ भनेर सोध्दा उनीहरू ‘यति काफल किनिदिनुस् न दाइ, कापी–कलम किन्नुछ’ भनेर जवाफ दिन्छन् ।दुई घण्टा पैदल हिँडेर सदरमुकाम खलङ्गामा काफल ल्याएर बिक्री गर्ने बालबालिकाको समय पढाइमा भन्दा काममा बढी लागेको स्थानीय वासिन्दाहरूको भनाइ छ । विद्यालयमा चाहिने शैक्षिक सामग्री, कापी कलम भर्ना शुल्कका लागि आफ्नो खर्च आफैं जुटाउनु उनीहरूको बाध्यता देखिन्छ ।

आर्थिक अवस्था कमजोर भएको, अभिभावकको रोजगारी नभएपछि पढ्ने चाहना राखेका बालबालिकाहरू निन्द्रा र भोकले सताउने उमेरमा बिहान बिहानै सरदमुकामको खलङ्गा बजारमा काफल बोकेर आउने गरेका छन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर