सलमान खानको जेठ १४ गते काठमाडौंमा हुने कन्सर्ट यसकारण स्थगित — OSNepal

सलमान खानको जेठ १४ गते काठमाडौंमा हुने कन्सर्ट यसकारण स्थगित

LC (KTM) May 26, 2022 0

काठमाडौं । बलिउड अभिनेता सलमान खान र उनको टिमले यही शनिबार १४ जेठमा काठमाडौंको दशरथ रंगशालामा प्रस्तुत गर्ने भनिएको ‘दब्याङ रिलोडेड टुर’ कार्यक्रम स्थगित भएको छ ।

नेपालमा सलमान खानको कार्यक्रम स्थगित भएको यो नै पहिलो पटक हैन । आधा दशक अघि पनि सलमानको कन्सर्ट तयारी अन्तिम चरणमा पुगेर सुरक्षाको कारण देखाउँदै रोकिएको छ ।

यस पटक भने टिकट बिक्री नभएका कारण कार्यक्रम स्थगित गर्नु परेको आयोजक पक्षले जनाएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको बताएका छन् ।

कार्यक्रम रोकिनुको कारण’दयगत उनले टिकट बिक्री सोचे अनुसारको नभएका कारण कार्यक्रम घाटामा जाने भएपछि रोक्नु परेको बताएका छन्,‘स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको छ ।राजधानि दैनिकमा खबर छ । ’ गुरुङले भने,‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो’

अहिले स्थागित भएको यो कन्सर्ट अनुकूल समयमा आयोजना गरिने र अर्को मिति चाँडै घोषणा गरिने पनि आयोजक गुरुङले बताएका छन् ।

सिमान्तका अनुसार उनले सलमानको टिमलाई सबै पारिश्रमिक दिईसकेका छन् । यहाँको तयारीका लागि पनि त्यत्तिकै खर्च भएको छ । कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा करिब ८ करोड रुपैयाँ खर्च भइसकेको उनले बताएका छन् । यो कार्यक्रमका लागि सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने बताईएको छ ।

सलमान शुक्रबार नेपाल आएर आईतबार फर्कने कार्यक्रम थियो । उनलाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले नेपालका विभिन्न पर्यटन क्षेत्रमा घुमाउने तयारी गरिरहेका थिए । नेपालको पर्यटन प्रवर्धनमा सलमानको भ्रमण सार्थक मानिने मन्त्रीले बताउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर