नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागि परेको ओलीको आरोप — OSNepal

नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागि परेको ओलीको आरोप

LC (KTM) May 26, 2022 0

काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधी सभामा सहभागी भएका ओलीले सरकार आफैले मोटो रकमको चलखेल गरेर निगमलाई ध्वस्त बनाउन लागि परेको आरोप लगाएका हुन् ।

ओलीले भने, ‘आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र घुसाउन खोजिंदैछ । यसका लागि मोटो रकमको चालखेल भइसकेको छ, हुनेवाला छ भन्ने बजार हल्ला छ ।’

पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन लागेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर